पशुपति धर्मशालामा होटेल आनन्दसँगको सम्झौता रद्द, 'बतास'ले पत्र बुझ्न मानेन

काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द भएको जनाएको छ । पहिलो पक्ष पशुपति क्षेत्र विकास कोष र दोस्रो पक्ष होटेल आनन्द प्रालीकाबीचमा धर्मशालामा होटेल सञ्चालनका विषयमा भएका सम्झौतामा लेखिएका सर्तहरु पालना नगरेको भन्दै सम्झौता रद्द भएको विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले एक सार्वजनिक सूचना प्रकाशित गरेर यसबारे जानकारी गराएको छ । सम्झौता रद्द भएको विषयमा लेखिएको...

सम्बन्धित सामग्री

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसन (होटेल आनन्द)सँगको सम्झौता रद्द गरेको छ । ३५ दिने स्पष्टीकरणसमेत पेस नगरेपछि कोषको बैठकले सम्झौता रद्द गरेर सार्वजनिक...

अदालतले उल्ट्यायो मन्त्री आलेको निर्णय, बतासलाई नै होटेल चलाउन दिन अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपति धर्मशाला बतास समुहलाई बिना कुनै अवरोध होटेल संचालन गर्न दिन अन्तरिम आदेश दिएको छ  । उच्च अदालतका न्यायधीश नारिश्वर भण्डारीको एकल इजलाशले अर्को आदेश नहुँदासम्मको बिना अवरोध होटेल आनन्द प्रालि संचालन गर्न दिन विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो  ।साथै अदालतले यस विषयमा के कसो भएको हो भन्ने विषयमा विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ  । आदेशमा भनिएको छ 'रिट निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा निवेदनको प्रकृति र विषय बस्तु समेतलाई मध्येनजर गर्दा,अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकासा दिन उपयुक्त देखिएकोले मिति २०७८।११।०९ का दिन अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनु भनी विपक्षीहरुलाई सूचना दिई सोही बमोजिम निवेदकलाई तारेख तोकी नियमानुसार पेश गर्नु । साथै अन्तरिम आदेशको टुंगो नलाग्दा सम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा.लि.को संचालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ । यसको सूचना समेत विपक्षीहरुलाई दिनू ।'संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेपछि बतास समुह अदालत गएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द गरेका थिए ।छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका उनले बताएका थिए । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।