माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं, ६ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले आज÷भोलि नै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । उनले भने,‘केही बेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ, त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” आजको गठबन्धनको बैठकमा […]

सम्बन्धित सामग्री

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, संगठनात्मक विषय, सरकारको प्रभावकारी सञ्चालनका विषयमा छलफल भइरहेको बताइएको छ ।  सरकारमा माओवादीका तर्फबाट कसको नाम पठाउने भन्ने विषयमा पनि छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेपछि चाँडै मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । तर, सत्ता गठबन्धनका दलहरूले मन्त्रीको नाम पठाएका छैनन् । अहिले पाँच सदस्यीय मन्त्रिमण्डल छ ।

पेरिसडाडाँमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसिरहेको छ । जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको प्रभावकारी सञ्चालन र संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।