अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार तीन निवेदनमा पीडित र पीडक पक्ष दुवैबीच छलफलपछि मिलापत्र भएको हो । छलफलपछि कतिपय निवेदनमा सावा मात्रै […]

सम्बन्धित सामग्री

आठ सय ९१ मिटर ब्याजीको मुद्दा मिलापत्र

बारामा चालु–आर्थिक वर्ष ०८०-८१ को वैशाख ४ गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आठ सय ९१ वटा मुद्दा मिलापत्र भएको छ ।

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।

मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र

महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनमाथि कारबाही गरी ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।

अनुचित लेनदेखसम्बन्धी सात सय ७९ उजुरी मिलापत्र

बारा, १५ फागुन । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका […]

निवेदन छाडेर किन सम्पर्कविहीन भए मिटरब्याजपीडित?

चितवन : जिल्लामा अनुचित लेनदेन (मिटरब्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ।जसमध्ये २१ वटा निवेदनको सहमति भइसकेको छ भने १७ जना निवेदक सम्पर्कमा नआएका हुन्। उनीहरूलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिए।उनका अनुसार मिलापत्र भएका निवेदकबाट तीन करोड १५ लाख ५९ हजार ८५० पीडितले माग गरेको भए पनि तीन करोड १३ लाख

मिटरब्याज पीडितको २१८ बिघा जग्गा फिर्ता

काठमाडौँ – सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा परेका २८ हजार उजुरीमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ। आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोगले मिलापत्र मार्फत मिटरब्याजीले कब्जामा लिएको दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता भएको हो। आयोगले […]

मिटरब्याजपीडितका २८ हजार उजुरी, पाँच हजारमा मिलानपत्र

सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ। आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन...

पर्सामा मिटरब्याजीविरुद्धका २ सय उजुरीमा मिलापत्र

जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन (मिटरब्याज) कसुरमा १ हजार ३ सय २१ उजुरी परेकोमा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भई विवाद समाप्त भएको छ ।

देशभरबाट मिटरब्याजसम्बन्धी २४ हजार उजुरी : एक हजार तीन सय वटामा मिलापत्र

काठमाण्डाै – मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका सदस्य एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्याैट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअ...

कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता

धनगढी – कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजीपीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्। उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा […]