थारु आलुको पकेट र माछापालनमा जमेका कर्मशील वडाध्यक्ष कमल

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष ४४ वर्षीय कमलप्रसाद चौधरी केही वर्षयता व्यावसायिक रैथाने थारु आलु खेती र माछापालन व्यवसाय गर्दै आएका छन् । १० वर्षे सशस्त्र जनयुद्ध हुँदै अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएयता उनी सक्रिय राजनीतिसँगै थारु आलु र माछापालनमा लागेका हुन् । जसबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्, ‘म राजनीतिकर्मी हो । हामी जनताको स्वयंसेवक हो । साँझ–बिहान कृषि कर्ममा हुन्छु, दिनभर जनताको काममा । आर्थिक समृद्धिको लागि उत्पादन जरुरी छ ।’ तरा...