पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँले घट्यो

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले  जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक/एक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि ...