तन्नम भए राजपाल यादव, ऋण तिर्न नसकेपछि बैंकले गर्‍यो घर जफत

काठमाडौं । चर्चित भारतीय कमेडियन राजपाल यादव आर्थिक रुपमा हरितन्नम भएका छन् । उनले बैंकको ऋण समयमा चुक्ता गर्न नसकेपछि घर लिलाम भएको छ । राजपाल यादवले सेन्ट्रल बैंक अफ इन्डियाबाट लोन लिएर फिल्म बनाएका थिए । उनले आफ्नो बुबा नवरंग यादवको नामबाट ऋण लिएका हुन् । ऋणका लागि नवरंगको घर तथा सम्पत्ति बंैकले धितो […]

सम्बन्धित सामग्री

ऋण तिर्न नसक्दा जेल पनि गएका थिए राजपाल यादव !

बलिउड हास्य कलाकार राजपाल यादव प्रसिद्ध कलाकारमध्ये एक हुन् । उनको सानदार कमेडीले दर्शकको मन जित्न सफल भएको छ ।  तर, कुनै समय यस्तो पनि थियो जब राजपाल यादव जिन्दगीसँग लडिरहेका थिए । यति मात्रै होइन २०१८ मा पाँच करोड रूपैयाँ ऋण तिर्न नसकेर जेल पनि जानु परेको थियो ।  विगत सम्झँदै उनले आर्थिक संकटका समयमा बलिउड कलाकारहरूले साथ दिएको बताए । यस्तै उनले मुम्बईमा संघर्षका चरणहरूमा सार्वजनिक यातायात चढेबापत् तिर्ने भाडासमेत नभएको बताए । राजपाल आगामी चलचित्र ‘हंगामा २’मा देखिने छन् ।