कोभिड-१९ को जोखिममा युवा तथा बालबालिका : 'डबल म्युटेन्ट' र 'युके भेरियन्ट' को जोखिम कति?

काठमाडौं :  पछिल्लो समय भारतमा दैनिक दुई लाखको हाराहारीमा कोभिड-१९ को संक्रमण पुष्टि भइरहेको छ। खुला सीमाले जोडिएको नेपालमा पनि जोखिम बढ्दै गएको छ। नियन्त्रणको चरणमा पुगिसकेको कोभिड-१९ नेपालमा 'बाउन्स ब्याक' को क्रममै छ। पछिल्लो पटक नेपालमा कोभिड–१९ को नयाँ स्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’को संक्रमण पुष्टि भएको…