काठमाडौं, माघ ८। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा युद्धग्रस्त राष्ट्र युक्रेनसँग नेपालको व्यापार घाटा ६ अर्ब ३७ करोड २९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले युक्रेनबाट ६ अर्ब ३७ करोड ३२ लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। नेपालले भने पछिल्लो पाँच महिनामा मात्र २लाख ४६हजार रुपैयाँको वस्तु युक्रेन निर्यात गरेको छ।