भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सरकारले विघटन गरे पनि आयोगमार्फत भएका कामको स्वामित्व लिन सरकारलाई स्थानीय तहका प्रतिनिधिमुलक संगठनले आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आयोगबाट हालसम्म गरेका कामको स्वामित्व लिएर भूमिसम्बन्धी समस्या समाधानमा अघि बढ्न सरकारलाई सुझाएका हुन् ।गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी समस्या संघ, प्रदेश र स्थान