काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार आज अपराह्न बैठक बोलाइएको छ । बुधवार बस्ने भनिएको महाधिवेशन आयोजक कमिटीका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । आयोजक कमिटीमा एमालेलाई २०७५ जेठ २ मा लैजाने बारे निर्णय गर्ने तयारी छ ।