काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समिति बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताउनुभएको छ ।
आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान 'बी' मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदा दिनमा कुन बाटो जाने भन्...