प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ ।
प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् । विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
लामो समयदेखि अमेरिकी परियोजना एमसी...