सातहजार डाेज‘रेम्डेसिभिर’आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने

कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजाे आइपुग्नु पर्ने  सात हजार डोज औषधि आज नेपाल आइपुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार जोड औषधि नेपाल ल्याइएको उहाँले बताउनुभयो । साथै उहाँले भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुने बताउनुभयो ।

सम्बन्धित सामग्री

बङ्गलादेशबाट ल्याइयो संक्रमितको उपचारका लागि ‘रेम्डेसिभिर’

सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ भित्र्याएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सोमबार आइपुग्नु पर्ने सात हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको र बाँकी बुधबार आइपुग्ने जानकारी दिनुभएको छ । बङ्गलादेशबाट झिकाइएको ‘रेम्डेसिभिर’ औषधि कोभिडका बिरामी बढ्दै गएपछि माग पनि बढ्दै गएको र सोही माग अनुसार नेपाल …

NepalJapan