काठमाण्डाै – नेपाल र अमेरिकाबीच भएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको छ ।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीको सत्य/तथ्यबारे छलफल गर्न भोलि शुक्रवार प्रधानसेनापति प्रभुराम खड्कालाई बोलाएको हो । अमेरिकी सैन्य गतिविधिसँग सम्बन्धित एसपीपी सम्झौता भएको वा नभएको विषयमा फरक–फरक विवरण सार्वजनिक भइरहेको बेला समितिले भोलि बिहान ९ बजे आधिकारिक व्यक्तिहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिक...