साउनको टन्टलापुर घाम । तर पनि घामको परवाह नगरी सडकमा आफ्ना माग घन्काइरहेका छन् आन्दोलनकारी । उनीहरु हुन्, मिटरब्याजीबाट प्रताडितहरु । नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिइरहेका मिटरब्याज पीडित पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् । र, त्यहीँबाट दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् । जुन क्रम दुई सातायता चलिरहेको छ । अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् । उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको