८४ कराेड रुपैयाँकाे हतियार खरिद गरिनु राष्ट्रघात हाे, निर्णयबाट सरकार फिर्ता हाेस् : नवराज सिलवाल

काठमाडाैँ- नेकपा एमालेका नेता तथा पूर्वडिआइजी नवराज सिलवालले राष्ट्रकाे अवस्था तहसनहस भइरहेकाे बेलामा ८४ कराेड रुपैयाँकाे हतियार खरिद गरिनु राष्ट्रघात भएकाे बताएका छन्। आज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन्। उनले भने, ‘विचौलियाको चंगुलमा परेर हतियार खरिदको प्रक्रिया अघि बढाएको हो। प्रहरीलाई अनुसन्धान र पूर्वाधारमा योग्य बनाइनु आवश्यक छ। अहिले हतियार आवश्यक […]

सम्बन्धित सामग्री

प्रहरीलाई हतियार चाहिएको होइन, गठबन्धनलाई कमिसन चाहियो: नवराज सिलवाल

काठमाडौ।नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाएका छन्।