काठमाडाैं : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन्।नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए।नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिको लागि बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए।भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका