निर्माण शुरु भएको साढे ६ वर्षमा पनि बनेन नख्खु–बुङमती सडक

काठमाडौं : निर्माण शुरु भएको साढे ६ वर्ष बित्दासमेत ५ किलोमिटरको नख्खु–बुङमती सडक सम्पन्न हुन सकेको छैन। लामो समयसम्म सडक निर्माण स्थल (साइट) मा रहेका संरचनाका कारण रोकिएकामा पछिल्लो समय ती संरचना हटाउन नसक्दा निर्माण हुन नसकेको हो। पछिल्लो पटक चैतसम्मका लागि अवधि थपिएकाले त्यो अवधिमा सक्नुपर्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। लामो समय सडक विस्तार हुन नसकेको र पछिल्लो समय एकपछि अर्को गरि विभिन्न समस्या आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका