थप दुईजना डेंगु संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा पुनः २ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय  पुनः दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको हो।योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ।गत साउनयता नेपालमा हालसम्म  ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमित भएको पुष्टि भएको छ।डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।