अनलाइन बन्द गराएकोमा अनलाइन पत्रकार संघको विरोध

काठमाडौं : नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको छ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइनबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको भन्दै प्रेस काउन्सिलले ती अनलाइनलाई देशैभरि प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन गरेको पत्राचारबाट&nbs