झापा / हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो...