बुद्ध एयरका प्रबन्धक बस्नेतले आरजु राइस मिलमा गरे ५० करोड लगानी

मोरङको बेलबारी ९ मा झण्डै ५० करोड लागतमा आरजु राइस मिल स्थापना भएको छ । उक्त मिल संचालनको अन्तिम तयारीमा छ । प्रति वर्ष २५ हजार टन धान कुट्न सक्ने क्षमता रहेको यो मिलका संचालक हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । धान उत्पादक किसानले न्यूनतम समर्थन मूल्य नपाउने, बिचौलियाले नाफा धेरै खाने, धानको बिउको व्यवस्थापनमा विभिन्न झन्झट व्यहोर्नुपर्ने र बिक्री हुँदा पनि समयमै पैसा नपाउने किसानको समस्याको समाधान आफूहरु गर्ने बस्नेतको दाबी छ । यति मात्रै होइन आरजु राइस मिलले अन्य र