नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उनले भने– ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानता तर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हाम