काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकको रोजाइको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको बैंकको दावी छ । यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ […]