त्रिविको उपकुलपति : बराल, धमला र बुढाथोकीको सिफारिश

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उपकुलपति सिफारिश समितिले ३ जनाको नाम सिफारिश गरेको छ।उपकुलपतिका लागि सूचीमा परेकाहरूको अन्तरवार्ता सकिएलगत्तै आइतवार बसेको सिफारिश समितिको बैठकले  केशरजंग बराल, चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिश गरेको हो।सिफारिश समितिका एक सदस्यका अनुसार उपकुलपतिका लागि बराल, बुढाथोकी र धमलाको नाम सिफारिश गरिएको छ। उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो।समितिले तीमध्ये एकजनाको आवेदन अस्वीकृत गरेको थियो भने १४ जनाको सूची तयार पारेको थियो।