राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायका सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी सम्पूर्ण कार्यहरु पारदर्शी बनाउन निर्देशन दिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका खरिद प्रक्रिया र सम्झौता वेवसाइट मार्फत् सार्वजनिकीकरण गर्ने गराउने आदेशको मागसहित कपिलवस्तुका अनुप पन्थीले २०७८ साउन १४ मा आयोगमा पुनरावेदन गर्नुभएको थियो । सो पुनरावेदन सम्बन्धमा सम्बद्ध पक्षको छलफलपछि आयोगले देशभरका सार्वजनिक निकायलाई सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी सम्पूर्ण कार्य सार्वजनिक गर्न निर्देशन दिएको हो ।