'राजा'ले छाडेपछिको दरबार : अर्ध खण्डहर बन्दै नारायणहिटी [अर्काइभबाट]

(लोकान्तरमा जेठ १, २०७६ मा प्रकाशित सामग्री अर्काइभबाट)  नारायणहिटी दरबार संग्राहलय नेपालीका लागि सबैभन्दा आकर्षणको केन्द्र हो भन्दा फरक नपर्ला । यहाँ एकपटक मात्र भने पनि पुग्न नचाहने नेपाली सायदै होलान् । यो त्यही दरबार हो, जहाँबाट नेपालका राजा/महाराजाहरूले लामो समय शासन सत्ता चलाए । त्यतिबेला सर्वसाधारणले परबाट यसको अवलोकन गर्नु पनि सौभाग्य ठान्थे । प्रवेशद्वारको आसपासमा पनि सर्वसाधारणका लागि सहज पहुँच थिएन । आधुनिक नारायणहिटी दरबार वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण...