विराटनगर : गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन्।गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गरी ल्होसार विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्।पुस १५ का दिन ल्होसार (नयाँ वर्ष) मनाउँदै आएका गुरुङ समुदायले आजका दिन परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रसँग जमघट गरी आपसमा शुभकामना आदानप्रदान गर्दै ल्होसार मनाउँछन्।विराटनगरमा मनाइएको तमु ल्होसारका केही झलकः