३१२ बिगाहा जग्गा सर्दु जलाधार क्षेत्रको नाममा कायम
भूमाफियाको कब्जामा परेको धरान खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३ सय १२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरी जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ।...
करिब ४५ वर्ष अघि नै सहरीकरण सुरु भएर अनेकौ चोक र सडक निर्माण भएको धरानको मुख्य सहरको एक चौथाई भागका घरजग्गा १३ महिना अघि एकाएक रोक्का गरेपछि पीडितहरुले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् । सर्दु जलाधारको नाममा करिब ३ हजार जनाको घरजग्गा रोक्का गरिए पछि उनीहरुले न्यायका लागि सर्वोच्चमा मुद्दा दायर गर्न बाध्य भएका हुन् ।
सरकारले सट्टाभर्ना दिएर स्थानान्तरण गरेपनि लगतकट्टा नगर्दा अतिक्रमणको चपेटामा परेको धरानको सर्दु जलाधार क्षेत्रको सयौं बिघा जग्गा करिब चार दशकपछि बल्ल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको छ ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा पनि सरकारको नाममा आउने भएको छ।