आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ८ जना रहेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापाले उम्मेदवारी फिर्ता गरेकी छिन् भने सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डिल्लीराम शर्मा अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै उम्मे