राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।

सम्बन्धित सामग्री

एजेन्डा बिना निर्वाचनमा गएकाले हार भोग्न बाध्य भयौं: मुकुल ढकाल (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठोस एजेन्डा बिना नै उपनिर्वाचनमा सहभागी भएकाले लज्जास्पद हार भोग्नु परेको बताएकाे छ।।

एजेन्डा बिना निर्वाचनमा गएकाले हार भोग्न बाध्य भयौं: मुकुल ढकाल (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठोस एजेन्डा बिना नै उपनिर्वाचनमा सहभागी भएकाले लज्जास्पद हार भोग्नु परेको बताएकाे छ।।

रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए। पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, […]

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

रविको रणनीति : सत्ता कि प्रतिपक्ष?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बनेसँगै संसदमा चौथो ठूलो दल बन्ने लगभग निश्चित भएको छ।प्रत्यक्षमा ७ सिट ल्याएको रास्वपाले समानुपातिकमा १३ सिट ल्याउने सम्भावना छ। कुल गरेर १९ सिट ल्याउने तयारीमा रहेको रास्वपाले आफ्नो नीति स्पष्ट पारेको छैन।पुराना दलको विकल्पका रुपमा निर्वाचनमा होमिएको रास्वपाबारे मत दिने जनता अलमलमा छन्। उनीहरुले रास्वपाबारे उत्सुकता प्रकट गरिरहेका छन्। रास्वपाको स्पष्ट नीति र आगामी भावी रणनीति के हो त? रास्वपा प्रवक्ता डा. मुकुल ढकाल पार्टीको नीति चुनावी