बाँके : भेरी अस्पताल नेपालगन्जले बाँके र आसपासका जिल्लामा कोरोना भाइरसको संक्रमण घट्दै गएको जनाएको छ।वैशाखको पहिलो सातादेखि उच्च स्थानमा पुगेको भाइरस संक्रमण जेठको पहिलो सातादेखि घट्ने क्रममा रहेको अस्पतालले जानकारी गराएको छ।भेरी अस्पताल स्रोतका अनुसार अहिले अस्पतालको कोभिड वार्डमा १५७ जना बिरामी उपचारत छन्। भेरी अस्पतालले जारी गरेको एक रिपोर्टका अनुसार अहिले परीक्षणको नतिजा हेर्दा बाँके र वरपरका जिल्लामा कोभिड–१९ को संक्रमण पहिचानको संख्या र संक्रमण अनुपात घट्दो छ। वै