काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।