कञ्चनपुर : तराईका कैलाली र कञ्चनपुरमा मात्रै पाईने नकटा हाँसको वासस्थान मासिँदै जान थालेपछि संकटमा परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शाेभालगायतका ताल क्षेत्र आसपासका क्षेत्रमा नकटा हाँस पाईने गर्छ।कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा यस हाँसको वासस्थान रहेको छ। यसको सङ्ख्यामा केही समय यतादेखि कमी आएको छ। ताल तलैयाहरु मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत यो हाँसको सङ्ख्यामा कमी आउन थाले