जुम्ला। एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका -८ का सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। सोही वडाकी १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरी फाेन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो। पीडित किशोरीका बुबाले दिएको जाहेरीकाे आधारमा मंगलबार मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले […]