काठमाण्डौ – बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ ।
बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको बहराइनको लागि नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफलाहले वायुसेवा कम्पनीलाई बह...