रुसलाई रोक्न अमेरिकाले युक्रनलाई दियो ३०० वटा जेभलिन क्षेप्यास्त्र

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाले ८० टन बराबरको एन्टी ट्यांक क्षेप्यास्त्रहरू युक्रेन पठाएको छ ।  रुसी सैनिकहरूलाई ध्वस्त पार्ने लक्ष्य ती उच्च प्रविधियुक्त हतियारहरूले लिएका छन् ।  जेभलिन क्षेप्यास्त्रहरू किएभमा मंगलवार अबेर राति पुगेका हुन् । अमेरिकाले युक्रेनलाई २० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराएकोमा यो त्यसको एक हिस्सा हो ।  त्यस जत्थामा ग्रिनेड लोन्चर र हातहतियार पनि छन् । त्यस्तै गैरघातक हतियार प्रणाली पनि त्यसमा समावेश गरिएका छन् । बेलायत, इस्टोनिया, लाट्भिया र लिथुएनियाले स...