व्यापारी भएको भन्दै ३ करोड ४ लाख ठग्ने पक्राउ, नगद असुलेर पैसा नभएको चेक दिने गरेको खुलासा

आफूलाई व्यापारीको रुपमा चिनाएर विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौंको टोखा बस्ने  ४१ वर्षीय मन्दिप कुमार गुरुङ रहेका छन् । उनले  विभिन्न व्यक्तिहरुलाई आफू ब्रिटिस आर्मीबाट अवकाश भइ अहिले व्यवसायमा लागेको र  नवलपरासी जिल्लामा जग्गा प्लानिङसमेत गर्न लागेकाले रकम आवश्यकता परेको भन्दै विश्वासमा पारी विभिन्न व्यक्तिहरुबाट रकम असुलेका थिए । पछि उनले पीडितहरुलाई खात