हुम्ला – चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत पैतीस सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। विद्यार्थीको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारका लागि सहयोग गर्न प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको हो। स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड […]