निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालायका सचिव सदस्यसचिवका रूपमा रहेका छन् ।मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयानुसार गोकर्णमा निर्माण सुरु भएको सहिद एवं निजामती स्