कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आइतवारबाट कारोबार शुभारम्भ गरेको छ ।यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २५६ पुगेको छ ।बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ...

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

१६ असार, काठमाडौं । डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश अन्तर्गत डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा …

सहकारी बैंकको रोजाईमा कर्णाली प्रदेश : सुर्खेत र दैलेखमा एक अर्बभन्दा बढी लगानी

पुस १८, सुर्खेत । कर्णाली प्रदेशको उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरु लगानी विस्तार गर्न इच्छुक रहेको पाइएको छ । राष्ट्रिय सहकारी बैंकले कर्णालीको उत्पादन क्षेत्रमा करीब एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताएको छ । बैंकले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १८औं वार्षिक साधारण सभाको पूर्व संध्यामा पत्रकार सम्मेलन गरेर लगानी बढाउन सुर्खेत र दैलेखमा सीमित शाखाहरुलाई प्रदेशभरी क्षेत्र विस्तार गर्न लागेको जानकारी दिएको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कर्णालीमा जल, जंगल, जुडिबुटी र पर्यटन क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले बैंक आफ्ना शाखाहरु प्रदेशका १० ओटै जिल्लाहरुमा विस्तार गर्न लागेको बताए । उनले सुर्खेत र दैलेखको उत्पादन क्षेत्रको वृद्धिका लागि एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताए ।  ‘कर्णालीमा हाल सुर्खेत र दैलेखमा बैंकका दुई ओटा मात्र शाखा छन्,’ उनले भने, ‘अब प्रदेशका १० ओटै जिल्लामा शाखा विस्तार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छौं । छिट्टै स्वीकृत हुनेमा हामी विश्वस्त छौं ।’ उनले हाल सुर्खेत र दैलेखका ६०० सहकारी मार्फत संकलित निक्षेप ६८ करोड रुपैयाँ भएपनि १ अर्ब बढी लगानी गरिएको जानकारी दिए ।  उनका अनुसार बैंकले सुर्खेत जिल्लाको उत्पादन तथा व्यापार प्रवर्द्धनका लागि ९० करोड बढी रुपैयाँ लगानी गरेको छ । ‘हाल कर्णाली लगानीका लागि भर्जिन क्षेत्र भएकाले बैंकको पहिलो रोजाइमा परेको छ,’ उनले भने, ‘कम से कम जोखिम क्षेत्रमा लगानी बढाउँदै बैंक सामाजिक तथा आर्थिक रुपान्तरणको महत्वपूर्ण हिस्सेदार बन्न चाहान्छ ।’ उनले कोराना महामारी तथा अन्य राजनीतिक अस्थिरता लगायतका कारणले ढिलाई भएपनि प्रदेशको आर्थिक समृद्धिका लागि बैंक कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । उनका अनुसार बैंक यति बेला १८ औं वार्षिक साधारण सभाको संघारमा रहेकाले आइतवार वीरेन्द्रनगरमा यस क्षेत्रका ईकाइमा रहेका ६०० ओटा सहकारी संघ/संस्थाका प्रतिनिधिसँग लगानी विस्तार तथा सम्भाव्यताका बारेमा छलफल गरिने छ । उनले सहकारी क्षेत्रमा आकर्षण रहेको संरक्षित पूँजी फिर्ता कोषको रकम बैंकले आफ्ना सदस्यहरुलाई निरन्तर प्रदान गर्दै आइरहेको जानकारी दिए । उनका अनुसार संरक्षित पूँजी फिर्ता कोषबाट गतवर्ष बैंकका बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ ओटा सहकारी संघ/संस्थालाई वितरण गरिएको छ । बैंकले आउँदो आर्थिक वर्षमा ३ अर्ब ५० करोड शेयर पूँजीसहित ७८ अर्ब १ करोड निक्षेप संकलन गरी ४९ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।   पत्रकार सम्मेलनमा बैंकका सञ्चालक तथा कर्णाली प्रदेश संयोजक हरिहरनाथ योगीले कर्णालीमा हाल पूँजीको अभाव रहेकाले बैंक बाहिरी लगानी कर्तालाई प्रदेशको उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्न तयार रहेको बताए । उनले लगानीको क्षेत्र पहिचानका लागि प्रदेश तथा स्थानीय सरकारहरुसँग समन्वय, सहयोग र सहकार्यका लागि निरन्तर छलफल तथा सम्वाद भइरहेको बताए ।  बैंक लगानीमा मात्र केन्द्रित नरहेर क्षमता विकास तथा प्राविधिक सहयोगमा समेत हात बढाउन तयार रहेको उनको भनाइ थियो । बैंकका प्रमुख कर्जा अधिकृत प्रमोदकुमार घिमिरेले कम जोखिम क्षेत्रमा लगानी गरेर बैंक प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणमा हातेमालो गर्न इच्छुक रहेको बताए ।  उनले कर्जा सुरक्षण देखेर सुर्खेतमा एउटै संस्थालाई बिना धितो १३ करोड बढी रकम लगानी गरिएको जानकारी दिए ।

एसियन लाइफ इन्स्योरेन्स जुम्लामा

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं शाखा जुम्लामा विस्तार भएको छ । सक्षम बिमाको सहज पहुँच पु¥याउनका लागि बिमा कम्पनीको शाखा विस्तार गरिएको हो । विभिन्न अध्ययनकापश्चात् कर्णाली प्रदेशको जुम्ला शाखा विस्तार गरी सेवा प्रवाह भएको कर्णाली प्रदेश एसियन लाइफ इन्स्योरेन्स बिमा कम्पनीका प्रमुख विजयराज पराजुलीले बताए । उनले भने, हरेक नागरिकहरूले भविष्यको सुरक्षाका लागि अनिवार्य बिमा गर्नुपर्छ ।