महासमिति बैठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको छ : कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । महासमिति बैठकलाई लक्षित गर्दै नेता कोइरालाले शनिबार काठमाडौंमा गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।