फाेहर 'डम्पिङ साइट' मा फाल्ने हाेइन, बिजुली र ग्यास उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताउनुभएको छ । आज बिहीवार विश्व स्वास्थ्य दिवसको अवसरका काठमाण्डाैमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहर व्यवस्थापन गर्नुपर्नेमा जाेड दिनुभएकाे हो । उहाँले काठमाण्डाैमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त आवश्यक भइसकेको पनि बताउनु भयो ।  प्रधानमन्त्री देउवाले धरानमा फोहरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएक...