पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हँुदै गएको मौसमविद् प्रतिभा मान्धरले बताउनुभयो । “उक्त पश्चिमी वायु कमजोर हुँदै गएकाले पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको हो । आजदेखि देशभरकै मौसममा क्रमिक सुधार आउनेछ,” मौसमविद् मानन्धरले भन्नुभयो ।