म्यानमारकी नेता आङ सान सू की कुनै समय प्रजातान्त्रिक आन्दोलनकै पर्याय थिइन्। उनले जिन्दगीको लामो कालखण्ड राजनीतिक बन्दीका रूपमा बिताइन्। सन् १९८८ को राष्ट्रपति निर्वाचन जितेपछि उनको प्रजातान्त्रिक लडाइँ सुरु भएको थियो। त्यतिबेला सैनिक शासनले निर्वाचन परिणाम अस्वीकार गर्दै सू कीलाई १५ वर्ष नजरबन्द राख्यो। यसैबीच सन् १९९१ मा उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन्।…