बागमती प्रदेश राजधानी हेटौँडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भव