आज मंगल र शुक्र ग्रह सबैभन्दा नजिक हुँदै, नेपालबाट एकसाथ दुवै ग्रह देख्न सकिने

एजेन्सी। आज राती मंगल र शुक्र ग्रह आपसमा सबैभन्दा नजिक हुँदैछन्। दुई ग्रह सबैभन्दा नजिक रहेको दृश्य पृथ्वीबाट खुला आँखाले देख्न सकिनेछ। राती पश्चिम आकाशमा यो दृश्य देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। सूर्यअस्तपश्चात मंगल र शुक्र ग्रहलाई एकसाथ आज नेपालबाट पनि देख्न सकिनेछ। आज चन्द्रमा पनि यी दुई ग्रह नजिक जानेछ।