निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने दुई जना पक्राउ

चितवन। निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने बिनोद गुरुङ र शशी कुंवर रहेका छन्। दमकलमा अवरोध पुर्‍याउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।