विश्व बैङ्क समूहको सदस्य आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्क लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। यो आईएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स लाइन हो।