समाजवादीको पोलिटब्यूरो बैठक : विद्रोहको औचित्य सावित भएको ठहर

काठमाडौँ  : नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले तत्कालीन नेकपा (एमाले)बाट आफूहरूले गरेको विद्रोहले देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ।    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो। पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम तथा त्यसमा पार्टीको भूमिकाबारे पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको वैचारिक दृष्